राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल विधेयक ल्याएर सरकारले जनताको ओठमा ताल्चा झुण्ड्याउन खोजेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कविता सुनाउँदै जनताको ओठमा ताल्चा झुण्ड्याउन खोजेको बताएका हुन्।

‘उता नागरिकहरू कृष्ण सेन इच्छुकको कविता गुनगुनाइरहेका छन्: हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै, हाम्रो ओठमा ताल्चा झुन्ड्याउँदै…,’ उनले अगाडि भने,‘तिमी भन्छौ — गाउन त गाऊ, तर यो गीत नगाऊ…। हामी भने त्यही गीत गाइरहन्छौं।’

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक कार्यान्वयनमा आएपछि कसुरदारलाई राख्न जेल पुग्ने/नपुग्नेबारे पनि सोधेका छन्।

‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयक पछिका कसुरदारहरू राख्न सकियोस्?,’ उनले प्रश्न गरे, ‘सरकार खुद्रे कुरामा लाखौं, करोडौं जरिवानाको मेन्यू ल्याउँदैछ। नागरिकलाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै धम्क्याइरहेको छ।’ साभारसेतोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP