Trend
शुक्रबार , माघ ३, २०८२

ए.टिभी न्युज नेपाल संवाददाता
सन्जय आचार्य

माघ २९ । मानव बेचबिखन बिरुद्ध संघर्षरत सामाजिक संस्थाको रुपमा बर्दियामा रहेको शान्ति पुनस्र्थापना गृहले करिब ३ वर्षको अवधिमा १३ हजार जनालाई परमार्श दिएको छ । गृहको तथ्यांक अनुसार बर्दियाको विभिन्न नाकाहरु बट भारत जान लागेका १३ हजार ३ सय ४२ जना किशोरी महिला तथा बालबालिकाहरुलाई मानवबेचखन विरुद्धको सचेतना संगै सोधपुछ गरि परामर्श दिएको हो ।

शान्ति पुनस्र्थापना गृहले आर्थिक वर्ष २०७९ /८० मा ३ हजार ६२ जनालाई परमार्श, जोखिमपुर्ण यात्रामा रहेका ५३ जनालाई उद्धार गरेको छ । यस्तै २०८०/८१ म ७ हजार १ सय ८४ जनालाई परामर्श, ६९ जनालाई उद्धार, मानव बेचविखन उद्योग मुद्धा १ र सार्वजनिक मुद्धा दर्ता १ भएको उल्लेख छ । गृहकै अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्म ३ हजार ९६ जनलाई परामर्श र जोखिमपुर्ण यात्रामा रहेका २२ जना महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।

गृहले बर्दियाको सिमा नाकामा पर्ने बढैयाताल गाउँपालिकाको कण्ठपुर, गुलरिया नगरपलिकाको सुरजपुर र गणेशपुर साथै मधुवन नगरपालिको धनौरा स्थीत सिमा नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरी काम गर्दै आएको छ । संस्थाले महिला तथा बालबालिकाहरु मानव बेचविखन कसरी फस्छन भन्ने विषयमा समय समयमा सडक नाटक, अन्तत्र्रिmया सहित सचेतनामुलक कार्यक्रमहरु गरिदै आएको शान्ति पुर्नस्थापना गृह बर्दियाकी संयोजक सपना शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार मानव बेखन विरुद्धको क्रियाकलाप एवं उद्धारका काम गरि रहँदा स्थानिय प्रहरी, प्रशासन, स्थानिय निकाय, सिमापारी सुरक्षा निकाय एवं सरोकारवाला निकाय संग गृहले समन्वय गर्दै आएको छ ।
बर्दिया जिल्लाको नेपाल भारत बीचको करिब ८३ किलोमिटर खुला सिमानाकामा संस्थाका ६ जना परामर्शदाताहरु निरन्तर काम गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP