Trend
बिहिबार , जेठ २८, २०८३

ए.टिभी न्युज नेपाल संवाददाता
बर्दिया,फागुन २

करिब सात घण्टाको अथक प्रयासपछि समस्याग्रस्त पोथी पाटे बाघ नियन्त्रणमा लिईएको छ । ठाकुरबाबा नगरपालिका अन्तर्गत अम्रेनी स्थितबाट बिहीबार बिहान ९ बजे समस्याग्रस्त पोथी पाटे बाघलाई डाँट गरि नियन्त्रणमा लिईएको हो ।

उक्त पोथी बाघले बस्तीमा पसेर खसी बाख्रा खाएर स्थानीयलाई दुःख दिईरहेको थियो । बस्तीतर्फ बाघ आएको राती १ बजे फोनमार्फत जानकारी आएको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्त बहादुर मगरले बताए ।

‘थप मानविय क्षति रोक्न समस्याग्रस्त बाघ नियन्त्रणमा लिएका छौं,’रेन्जर मगरले भने,‘नियन्त्रणमा लिईएको बच्चा पोथी पाटे बाघ हो ।’ बाघको स्वास्थ्य चेकजाँच भईरहेको छ । बाघलाई कहाँ लैजाने तत्काल भन्ने स्थिती छैन । नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले बाघ नियन्त्रण लिन सफल भएको छ ।

रम्मापुर वन्यजन्तु उद्दार केन्द्रमा ३ वटा र ठाकुरद्वारा निकुञ्जको मुख्यालयमा २ वटा गरि ५ वटा पाटे बाघ उद्दार केन्द्रमा रहेको रेन्जर मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP