Trend
बिहिबार , कार्तिक २१, २०८२

ए.टिभी न्युज नेपाल संवाददाता
बर्दिया,फागुन २

करिब सात घण्टाको अथक प्रयासपछि समस्याग्रस्त पोथी पाटे बाघ नियन्त्रणमा लिईएको छ । ठाकुरबाबा नगरपालिका अन्तर्गत अम्रेनी स्थितबाट बिहीबार बिहान ९ बजे समस्याग्रस्त पोथी पाटे बाघलाई डाँट गरि नियन्त्रणमा लिईएको हो ।

उक्त पोथी बाघले बस्तीमा पसेर खसी बाख्रा खाएर स्थानीयलाई दुःख दिईरहेको थियो । बस्तीतर्फ बाघ आएको राती १ बजे फोनमार्फत जानकारी आएको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्त बहादुर मगरले बताए ।

‘थप मानविय क्षति रोक्न समस्याग्रस्त बाघ नियन्त्रणमा लिएका छौं,’रेन्जर मगरले भने,‘नियन्त्रणमा लिईएको बच्चा पोथी पाटे बाघ हो ।’ बाघको स्वास्थ्य चेकजाँच भईरहेको छ । बाघलाई कहाँ लैजाने तत्काल भन्ने स्थिती छैन । नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले बाघ नियन्त्रण लिन सफल भएको छ ।

रम्मापुर वन्यजन्तु उद्दार केन्द्रमा ३ वटा र ठाकुरद्वारा निकुञ्जको मुख्यालयमा २ वटा गरि ५ वटा पाटे बाघ उद्दार केन्द्रमा रहेको रेन्जर मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP