Trend
बिहिबार , जेठ २८, २०८३

ए.टिभी न्युज नेपाल संवाददाता
राम प्रसाद चौहान

बर्दिया,फागुन २
एक महिनामा ६२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । माघ महिना भरि विभिन्न शिर्षकमा ६२ वटा मुद्दा दर्ता भएको बिहीबार जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

माघ महिनाको प्रगति विवतरण सार्वजनिक गर्दै ६२ मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक केदार खनालले बताए । ‘४ वटा मुद्दा फर्छौट भएका छन् भने ५८ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको छ,’ प्रहरी उपरीक्षक खनालले भने,‘उक्त मुद्दा अन्तर्गत ७० जना व्यक्ति पक्राउ परेका छन् भने अझै १० जना फरार रहेका छन् ।’

लागु औषध र झुण्डिएको अवस्थामा मृत्यु भएको १२÷१२ वटा मुद्दा दर्ता भएको जनाए । त्यसैगरि सवारी ज्यान, अभद्र व्यवहार, चोरी, भवितव्य ज्यानलगायतका मुद्दा दर्ता भएको सुनाए ।

गत पौष महिनामा जम्मा ४३ मुद्दा दर्ता भएको प्रहरीको रेकर्ड छ । गत पौष महिनामा लागु औषधसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । माघमा लागु औषधसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको तथ्यांक छ । २ किलोग्राम ९६ ग्राम चरेशसहित एक जना, नाईट्रजेपामका १६ ट्यावलेटसहित एक जना र ५ ग्राम ७ सय ६० मिलीग्राम ब्राउनसुगरसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा छ । त्यसैगरि अबैध रुपमा ल्याईएका सामान बरामद गरि रु १४ लाख ९ हजार ८ सय ८६ राजश्व संकलन गरिएको प्रहरीको रेकर्डले पुष्टि गर्छ ।

१ हजार ३ सय ४६ सवारी साधनलाई कारवाही गरि ९ लाख ८० हजार ५ सय राजश्व संकलन गरिएको छ ।
प्रहरीले गत पौषमा ३६ जना फरार प्रतिवादी पक्राउ गरेको थियो । माघ महिनामा ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरि ११ वर्ष ८ महिना १३ दिन सजाय असुलउपर गरिएको भने ५९ लाख ४८ हजार ५२ जरिवाना असुलउपर गरिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP