Trend
बिहिबार , जेठ २८, २०८३

ए.टि.भि न्युज नेपाल संवाददाता
राम प्रसाद चौहान
बर्दिया,फागुन ८

गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा स्थित नयाँ बस्तीबाट चितुवाले कुकुरको छाउरा ओसार्न सुरु गरेको छ । अघिल्लो साता देखि बस्ती वरिपरि देखिने चितुवाले घर आँगनबाट कुकुरका छाउरा ओसार्न सुरु गरेको हो ।

मंगलबार राति चितुवाले २ वटा कुकुरका छाउरा लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राति साढे ११ बजे कुकुर र छाउरा जोड जोडले कराउन थालेपछि बाहिर निस्किएको स्थानीय उर्मिला गुप्ताले बताईन् । ‘टार्च बालेर हेर्दा कुकुर्नी डराएर एकातिर र छाउरा तितर बितर देखिए,’उनले भनिन्,‘अगाडि टार्च बालेर हेर्दा कुकुरको छाउरा मुखमा च्यापेर उखुबारीतिर भाग्दै गरेको चितुवा देखियो ।’ दुई पटकमा दुई वटा छाउरा उखुबारीतिर लगेको उनले सुनाईन् । ७ वटा छाउरा मध्य ५ वटा मात्र बचेको उनले जनाईन् ।

उक्त बस्ती नजिक ठुलो उखुबारी छ । त्यो उखुबारी भारतीय मुर्तिहा जंगल नजिकसम्म फैलिएको छ । मुर्तिहा जंगलबाट समसाँझै चितुवा निस्किएर उखुबारीतिर पस्ने गरेको सिमावर्ती किसानहरुले बताउँछन् । बस्ती वरपर देखिने चितुवा घर आँगनबाट कुकुरका छाउरा ओसार्न थालेपछि स्थानीय त्रसित बनेको स्थानीय अनुप कुमार गुप्ताले बताए । ‘छाउरा खाएर चितुवा बस्तीमा पल्कियो,’उनले भने,‘अब साना बालबच्चालाई जोगाउन मुस्किल भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP