Trend
आइतबार , भाद्र २८, २०८३

१५ फागुन, पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रतिबद्धता जनाएका छन् । ४३औं राष्ट्रिय मगर संघ स्थापना दिवसको शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीमगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न आफू लागि परेको बताएका हुन् ।

‘लुम्बिनी प्रदेशसभा विभिन्न जात–जाति, भाषा–भाषि, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिवद्ध छ’, शुभकामना सन्देशमा उल्लेख छ, ‘मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्बिनी प्रदेश सभा प्रतिबद्ध छ र प्रतिबद्ध भई निरन्तर लागिरहने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले आदिवासी जनजातिमा सूचीकृत मगर समुदाय जनसंख्याको कोणबाट नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै सबै प्रकारका आन्दोलनमा र परिवर्तनमा योगदान गरेको बताएका छन् ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP