Trend
बिहिबार , कार्तिक २१, २०८२

ए.टिभी न्युज नेपाल

बर्दिया, फागुन १६ / बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ । बर्दियाको भुरीगाउँ -गुलरिया सडकखण्ड अन्तर्गत ठाकुरबाबा नगरपालिका बाड नं ३ को बगनाहा बजार नजिक फागुन १५ गते बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटना स्थल चुरे क्याम्पस गेटको कल्भर्ट नजिक भुरिगाउँ बजारबाट बनकट्टि घर तर्फ जाने क्रममा भे १२ प ११०८ नम्बरको मोटरसाइकल र भे १ स ८६३२ नम्बरको अटो ठोक्किदा ठाकुरबाबा नगरपालिका ५ का मोटरसाइकलमा सवार ५८ वर्षिय दरवारी थारुको ज्यान गएको प्रहरीले बताएको छ । यसैगरी दुर्घटनामा ठाकुरबाबा नगरपालिका ५ का मोटरसाइकल चालक ६० वर्षिय माक्खुराम थारु घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना भए लगत्तै घाइते दुवै जनालाई ठाकुरबाबा नगर अस्पताल भुरिगाउँ लगिएकोमा मोटरसाइकलमा सवार दरवारी थारुलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको र आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटो चालक ठाकुरबाबा नगरपालिका २ तिनघरुवाका ४७ वर्षिय धनिराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP