Trend
बिहिबार , कार्तिक २१, २०८२

कपिलवस्तु —वाणगंगा नगरपालिका-४, दरखास्तस्थि प्रतीक्षालयबाट एक सय दुई ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले बिशेष सुचनाका आधारमा बिहिबार मध्यरातमा प्रतीक्षालयको किनारबाट १०२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्रेको हो । भे १२ प १७८७ नं. को मोटरसाइकल खडा गरेर प्रतीक्षालयमा रहेको काठको बेन्चमा बसिरहेको अवस्थामा २ जना पक्राउ परेका हुन ।पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय विशाल गुप्ता र भारत, उत्तर प्रदेश बहराइच जिल्ला घर बताउने ३२ वर्षीय अमित पोरवाल रहेका छन।

कालो प्लाष्टिकको पोका शंका लागी खोली हेर्दा सेतो प्लास्टिकभित्र दुई वटा पोकामा  लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लागु औषध फेला परको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।अदालतबाट दिन ७ को म्याद लिई अनुसन्धान भई रहेको उनले बताए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।अहिले लागुऔषधको कारोबार तराई क्षेत्रहरु बढदो क्रममा देखिन्छ।हरेक सिमा क्षेत्रमा चेकजाँच कडाइका साथ हुनुपर्छ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP