Trend
शनिबार , भाद्र २७, २०८३

वनस्पति-आधारित अहार जसलाई ‘भेगन डाइट’ पनि भनिन्छ । केही वर्षयता यसको लोकप्रियता बढ्दै गएको छ । विश्वभर भिगन डाइट अपनाउनेहरू बढ्दै गएका छन् ।

के हो भेगन डाइट ?

भेगन डाइट त्यस्तो डाइट हो, जहाँ माछा-मासु, अण्डा मात्र हैन, पशुपक्षीको कुनै पनि उत्पादनको अंश हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दूध समेत वर्जित हुन्छ । किनभने गाईको दूध प्रकृतिले उसकै बाछोका लागि दिएको हो, मान्छेका लागि होइन भन्ने मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपक्षीसँग भावनात्मक रूपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।

यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि वञ्चित गरिएको छ । मानिसहरू विभिन्न कारणले भेगन डाइटलाई फलो गर्छन् । यसको मुख्य कारण पर्यावरणप्रतिको चिन्ता वा पशुपक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापि, यसको विभिन्न स्वास्थ्यलाभ पनि हुन्छ ।

किन अपनाउने भेगन डाइट ?

भेगन डाइटले मन र शरीरलाई शान्त तुल्याउँछ । यसको सेवनले शरीरको तौल सन्तुलित रहनुका साथै शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व यी फाइट फलो गर्नाले प्राप्त हुने गर्छ । यसको सेवन मुटुरोग, उच्च रक्तचाप तथा क्यान्सर जस्ता रोगको जोखिम कम हुने गर्छ । यसको सेवनले पाचनतन्त्र दुरुस्त रहने भएकाले पनि भेगन डाइट हामी सबैका लागि एक राम्रो विकल्प हुनसक्छ । तर भेगन डाइट अपनाउनेहरूमा पोषकतात्वको सन्तुलन गर्न केही कुरामा ध्यान दिनुपर्छ ।

भेगन डाइटमा पोषकतत्व सन्तुलित गर्न के खाने ?

प्रोटिन

भेगन खानामा पनि मान्छेका लागि प्रोटिनको राम्रो स्रोत पाउन सकिन्छ । जस्तो, दाल, सोयाबिन, राजमा, केराउ, बदाम, काजु, सूर्यमुखी फूलको गेडा, चियाको धुलो, ब्रोकाउली आदि यस किसिमको खानेकुरामा पाउन सकिन्छ ।

आइरन, भिटामिन बी–१२

आइरन रुख-बिरुवाबाट प्राप्त हुने फलहरू जस्तै, पालक, दाल, सोयाबिन, हरियो पत्तेदार तरकारीमा पाइन्छ । धनियाँ, कागती, अमिलो फल आइरनका स्रोत हुन् । जमिनभित्र वा माटोमा फल्ने खानेकुरा जस्तै– आलु, गाँजर, मुला, तरुलमा भिटामिन बी १२ पाइन्छ ।

जिङ्क र क्याल्सियम

भेगन डाइटमा केही अन्य जरुरी पोषक तत्त्वमा जिङ्क र क्याल्सियम समेत हुन्छ । गेडागुडी, विभिन्न प्रजातिका बीउ, राजमा जिङ्कको प्रमुख स्रोत हुन् । तिल, बदाम र हरिया सागसब्जी क्याल्सियमको प्रमुख स्रोत हुन् ।

भिटामिन डी

भिटामिन डीको सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । बिहान वा साँझको घाम ताप्नुपर्छ, शरीरमा भिटामिन डी प्राप्त हुन्छ । घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने मात्र नभई सम्पूर्ण शरीरलाई समेत बलियो बनाउन मद्दत गर्छ । खानाको कुरा गर्दा च्याउबाट पनि भिटामिन डी पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP