Trend
बुधबार , फागुण २०, २०८२

ए.टिभी न्युज नेपाल

२६ बैशाख २०८२, शुक्रबार
दाङ-लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर सुधारलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नीति तथा कार्यक्रम संग जाेडिएकाे बिषयमा नेपाल शिक्षक महासंघ, विभिन्न शिक्षक संघसंगठन, विश्वविद्यालयका प्रमुख तथा प्रतिनिधिहरू, र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला पक्षसँग शुक्रबार राप्ती उपत्यका(देउखुरी)मा विस्तृत छलफल गर्नुभएको हो ।

मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षा प्रदान गर्न नीतिगत स्पष्टता आवश्यक भएकाले सरकारले त्यसमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्ने लक्ष्यसमेत नीति तथा कार्यक्रममा राखिने जानकारी दिनुभयो ।

उक्त छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव वसन्त प्रसाद कोइराला, लुम्बिनी प्रदेशका पेशागत शिक्षक संघ, संगठन तथा पब्लिक क्याम्पसका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

छलफलको क्रममा २०८२/०८३ को नीति तथा कार्यक्रमसम्बन्धी विषयमा सुझावहरू संकलन गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP