Trend
आइतबार , भाद्र २८, २०८३

 ए.टिभी न्युज नेपाल

बर्दिया / ६१औं विद्यार्थी एकता दिवसको अबसरमा नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) बर्दियाले नेपाल राष्ट्रिय मा.बि .बाँसगढीमा दृष्टि बिहिन बिद्यार्थीहरु लाई  शैक्षिक सामाग्री (slate with styles ) सहित मिठाई बाडेर शुभकामना आदानप्रदान गरेको छ।

उक्त कार्यक्रम मा शुभकामना दिदै अखिल (क्रान्तिकारी) सचिवालय सदस्य तथा कर्णाली प्रदेश संयोजक भरतले रक्तरन्जित गौरवपुर्ण बिद्यार्थी आन्दोलनको बिरासत जोगाउन र नयाँ इतिहास रच्ने जिम्मा हाम्रो काधमा थुपरियको बताए  साथै अब युबा बिद्यार्थीले सचेतता पुर्बक राजनीतिक  जिम्मेवारि बहन गर्न क्रान्तिकारी आन्दोलनमा  जोडिनु पर्ने जरुरी भएको पनि बताउनु भयो। यो देशको राजनीति ब्यबस्था र शिक्षा नीति असफल भए सङै बैज्ञानिक समाजवाद र जिबनउपयोगी ब्यबहारिक तथा बैज्ञानिक शिक्षा प्रणाली लागू गर्न राज्य सङ लड्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा शुभकामना दिदै बिधालयका प्रधानाध्यापक ढाकाराम ढकालले बिधालय तथा दृस्ठि बिहिन  बिद्यार्थी लाई माया गर्नु भएकोमा अखिल (क्रान्तिकारी ) लाई धन्यवाद दिनुभयो । साथै बिद्यार्थीहरुमा राजनीति चेतना जरुरी रहेको भन्दै बिद्यार्थी हरुलाई शुभकामना दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP