बर्दिया — भूमि समस्या समाधान आयोगले बर्दिया जिल्ला को गेरुवा गाउँ पालिकामा औपचारिक रूपमा जग्गा नापजाँच कार्य सुरु गरेको छ । आयोगले गेरुवा गाउँ पालिका–६ स्थित सोनाफाँटा क्षेत्रबाट जग्गा नापजाँच कार्य प्रारम्भ गरेको हो ।
एकविशेष समारोहबीच आयोगका बर्दिया अध्यक्ष अरुण–प्रकाश सिंह राठौरले नापजाँच कार्यको औपचारिक शुभारम्भ गरेका हुन् । सो अवसरमा स्थानीय प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रति–निधिहरू र लाभग्राहीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आयोगका अनुसार गेरुवा गाउँ पालिकामा हालसम्म २ हजार ८ सय ४५ जनाको नाममा भूमिहीनको रुपमा लगत संकलन भइसकेको छ। ती मध्ये १ सय ९७ जना भूमिहीन दलित, ५ सय ३१ जना भूमिहीन सुकुम्बासी र २ हजार १ सय १७ जना अव्यवस्थित बसोबासी गर्दै आएको तथ्याङ्ग छ ।
भूमिहीनहरुलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गर्नका लागि यो नापजाँच प्रक्रिया अत्यन्तै महत्वपूर्ण हुने आयोगले जनाएको छ। ‘नापजाँच पश्चात लगत दर्ता, प्रमाणिकरण र स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढ्छ। यसले वर्षोदेखि बस्ती बनाएर बसेका नागरिकलाई कानुनी सुरक्षा दिनेछ’, अध्यक्ष राठौरले भने ।
भूमि समस्या समाधान आयोग बर्दियाले जिल्लाका ६ वटा नगर पालिकामा र २ जटा गाँउपालिका गरी हाल सम्म ४१ हजार ९ सय ६३ जना भूमिहीनहरुको लगत संकलन गरिसकेको छ। आयोगका अनुसार यी भूमिहीनहरू लाई सरकारको अवधारणा व्यवस्था अनुसार जग्गा प्रदान गरिने कार्य तीव्र गतिमा अघि बढाइएको छ।
स्थानीय तह र संघीय सरकारको सहकार्यमा यो कार्य अघि बढाइँदैछ। यस प्रक्रियाले जिल्लाभरिका हजारौं परिवारलाई आशाको किरण देखा–एको छ। गेरुवामा सुरु गरि–एको नापजाँच कार्यले अन्य पालिकाका भूमिहीनहरूलाई समेत छिट्टै राहत दिने संकेत दिएको छ ।