Trend
आइतबार , भाद्र २८, २०८३

ए.टिभी न्युज नेपाल

बर्दिया जेठ १८/ सामाजिक विकास र संस्थागत प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यका साथ बास नेपाल, बर्दिया शाखाको आयोजनामा एक दिवसीय “संस्थागत क्षमता अभिवृद्धि तालिम” सफलतापूर्वक सम्पन्न भएको हो ।

तालिम जेष्ठ १७ गते गुलरिया बर्दियाको लोटस गार्डेन रिसोर्टमा आयोजना गरिएको थियो । तालिममा बास नेपालका साधारण सदस्य, बर्दिया जिल्ला शाखाका पदाधिकारी, पुर्व केन्द्रिय पदाधिकारी तथा इच्छुक ३० जना बढी युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुवेदीले ब्यानर पढेर गरेका थिय । सुबेदीले संस्थागत विकासका लागि क्षमता अभिवृद्धि तालिमको खाँचो उल्लेख गर्दै बास नेपाल बर्दिया शाखाको पहललाई स्वागतयोग्य कदमको रूपमा प्रशंसा गरे।

तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र पुर्व केन्द्रिय अध्यक्ष रमेश सिटौलाले प्रशिक्षण दिनु भएको थियो । सहभागीहरूलाई नेतृत्व विकास, कार्यगत अवस्था, संस्थागत समन्वय, पारदर्शिता तथा जवाफदेहिता, रिपोर्टिङ प्रणाली तथा संगठनको दिगो व्यवस्थापन सम्बन्धी विषयमा रचनात्मक ढङ्गले प्रशिक्षित गरिएको थियो भने कार्यक्रम बास नेपाल बर्दिया शाखाका कोषाध्यक्ष राम भण्डारी ले सञ्चालन गर्नुभएको थियो ।

 

तालिममा सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिँदै सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए। उनीहरूले यस्ता तालिमले आफ्नो कार्यसम्पादनमा स्पष्टता, संस्थागत दुरदर्शिता र भ्रष्टाचार बिरुद्द कृयाशिल हुन थप उर्जा थप्ने समेत बताएका थिए।

समापन समारोहमा बास नेपाल, बर्दिया शाखाका अध्यक्ष राम सुनामले सहभागीहरूको सक्रियता प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सुशासनमा आधारित युवा लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

तालिम पश्चात् गुलरिया नगरपालिका अन्तर्गत हरिकला घर्तिमगरको अध्यक्षतामा बास नेपाल गुलरिया उपशाखा समेत गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP