Trend
बिहिबार , जेठ २८, २०८३

 ए टिभी न्युज नेपाल

अफजल खान

असार ७ गुलरिया, बर्दिया । एसईईको नतिजा सार्वजनिक भइसकेपछि बर्दिया लगायत देशभरका हजारौं विद्यार्थीहरू ‘अब के गर्ने?’ भन्ने अन्योलमा परेका छन्। केही प्राविधिक शिक्षातर्फ आकर्षित छन् भने धेरैजसो परम्परागत शैक्षिक धारमै अघि बढ्ने सोचमा छन्।

गुलरिया नगरपालिकाका वार्ड ११ कि १६ वर्षीय छात्रा सुष्मा थारु भन्छिन्, “म कृषि पढ्न चाहन्छु, तर गाउँमै राम्रो विकल्प छैन। सहर जान आर्थिक अवस्था पुग्दैन।”

अभिभावकहरू चाहन्छन् बच्चाले ‘नाम चलेको’ विषय पढून् – चाहे त्यो मेडिकल होस् वा इन्जिनियरिङ। तर धेरै विद्यार्थीहरू आफैं के गर्न चाहन्छन् भन्ने निर्णय गर्न सक्ने अवस्थामा छैनन्। यसले गर्दा ठूलो संख्यामा विद्यार्थीहरू गलत धार रोज्ने र पछि पछि निराश हुने गरेका छन्।

बर्दियामा सञ्चालित केही प्राविधिक शिक्षालयहरू, जस्तै कृषि तथा प्राविधिक विद्यालयले भने व्यावसायिक शिक्षातर्फ विद्यार्थी आकर्षित गर्न थालेका छन्। यस्ता शिक्षाले देशमै रोजगारी सिर्जना गर्न सक्ने विशेषज्ञहरूको विश्वास छ।

शिक्षा मन्त्रालय, स्थानीय तह र विद्यालयहरूले कक्षा १० पछि विद्यार्थीहरूलाई करिअर गाइडेन्स दिने व्यवस्था गर्नुपर्ने देखिन्छ। साथसाथै, स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गर्न सकिने वातावरण बनाइनु आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP