Trend
बिहिबार , माघ २, २०८२

ए टिभी न्युज नेपाल                                                         अफजल खान / असार ९ / गुलरिया, बर्दिया –गुलरिया नगरपालिका भित्र रहेका मुस्लिम र दलित महिलाहरू अझै पनि सामाजिक विभेद, आर्थिक अभाव शैक्षिक पछौटेपनको चपेटामा परेका छन्। यद्यपि पछिल्ला वर्षहरूमा केही सकारात्मक परिवर्तन देखिए तापनि, समग्र अवस्थामा अझै उल्लेख्य सुधार आवश्यक देखिन्छ।

गुलरियाको विभिन्न वडामा महिलाहरू सामान्यतया घरेलु काम, मजदुरी, सिँचाइ तथा खेतिपातीमा सीमित छन्। सिपमूलक तालिम र रोजगारीका अवसरहरूको अभावका कारण महिलाहरू आर्थिक रूपले आत्मनिर्भर बन्न सकेका छैनन्। महिलाहरूले छोटो अवधि का सिलाई, बुनाई तालिम पाए पनि त्यो दीर्घकालीन आर्थिक सशक्तिकरणमा परिणत हुन सकेको छैन।

शैक्षिक अवस्था

गुलरिया नगरपालिकाका अधिकांश मुस्लिम र दलित समुदायका महिलाहरू शिक्षा प्राप्तिमा पछि परेका छन्। समाजमा जगेर्ना रहेको परम्परागत सोच, छोरीहरूको बिहे कम उमेरमै गरिदिने चलन र आर्थिक अभावले गर्दा विद्यालय जान नपाउने महिलाहरूको संख्या अझै धेरै छ। यद्यपि केही स्थानीय संघसंस्थाहरूको पहलमा अब बालिकाहरूको विद्यालयमा उपस्थिति बढ्न थालेको छ।

आर्थिक अवस्थ

 दलित महिलाहरू प्रायः घरेलु श्रमिक, साना व्यवसायी, सिलाइकटाइ वा कृषि मजदुरको रूपमा सीमित कार्यहरूमा संलग्न छन्। रोजगारीका अवसरहरूको अभाव, सीप अभाव र लगानीको पहुँच नहुँदा महिलाहरू आत्मनिर्भर हुन मुस्किलमा छन्। केही गैरसरकारी संस्थाहरूले सीपमूलक तालिम दिएपनि त्यसको प्रभाव अझै ठूलो दायरा समेट्न सकेको छैन।

स्वास्थ्य अवस्था

स्वास्थ्य सेवा पहुँचको अभाव र सशक्त जानकारी नहुँदा यी समुदायका महिलाहरू अझै पनि घरमै प्रसूति गर्ने, नियमित स्वास्थ्य परीक्षण नगर्ने जस्ता समस्याबाट गुज्रिरहेका छन्। सरकारले सञ्चालन गरेका महिला स्वास्थ्य कार्यक्रमहरू यिनीहरूमा प्रभावकारी रूपमा पुग्न सकेको देखिँदैन।

राजनीतिक र सामाजिक सहभागिता

गुलरिया नगरपालिकामा महिला प्रतिनिधित्व बढे तापनि मुस्लिम र दलित महिलाहरूको राजनीतिक सहभागिता अत्यन्तै न्यून छ। नेतृत्व तहमा सहभागी हुन चाहने महिलाहरूलाई पारिवारिक दबाव र समाजको नकारात्मक दृष्टिकोणले रोकिरहेको छ।

सकारात्मक पहलहरू

नगरपालिकाले मुस्लिम र दलित महिलाहरूको क्षमता विकासका लागि केही कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जस्तै– निःशुल्क तालिम, महिला सशक्तिकरण कार्यक्रम, तथा छात्रवृत्ति। यस्ता कार्यक्रमको दायरा अझ विस्तार गरिनु आवश्यक छ।

 गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूले थुप्रै सामाजिक तथा आर्थिक चुनौतीहरू भोगिरहेका छन्। यद्यपि उनीहरूमा परिवर्तनको चाहना बलियो छ र उचित अवसर प्रदान गरिएमा उनीहरूले समाजमा ठूलो योगदान दिनसक्ने सम्भावना प्रष्ट देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP