Trend
शनिबार , भाद्र २७, २०८३

सामाजिक सञ्जालमा एआईद्वारा सिर्जित ‘यती’ ट्रेन्ड: सिर्जनशीलता कि विकृति

अफजल खान / गुलरिया, बर्दिया — पछिल्ला केही महिनादेखि सामाजिक सञ्जालमा ‘यती’ नामक पात्रले व्यापक चर्चा पाइरहेको छ। यो पात्र कुनै वास्तविक व्यक्तित्व नभई, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको माध्यमबाट सिर्जना गरिएको हो। तर, यसको रचनामा देखिएको छाडापन र द्विअर्थी प्रस्तुतिका कारण यसले सामाजिक चेतनामा नकारात्मक प्रभाव पार्न थालेको छ।

शुरुवातमा ‘यती’ ट्रेन्डलाई धेरैले हास्यव्यङ्ग्यको रूपमा लिए पनि, अहिले यसको स्वरूप विकृति र अश्लीलतासम्म पुग्न थालेको देखिन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यसको प्रयोग बढ्दै जाँदा, धेरैजसो पोस्टहरूमा यौनिकता, जातीय टिप्पणी, र व्यंग्यात्मक भाषा हाबी हुँदै गएको छ।

विशेष गरी किशोर र युवापुस्तामाझ ‘यती’ पात्रको क्रेज अत्यधिक देखिएको छ। केहीले यसलाई व्यक्तिगत अभिव्यक्तिको स्वतन्त्रता भनेका छन् भने, अरूले सामाजिक संरचनामाथिको प्रहारको रूपमा लिएका छन्। विद्यालय र कलेजस्तरका विद्यार्थीहरूबीच ‘यती’ नाम जोडेर बनाइने मिम र भिडियोहरू भाइरल भइरहेका छन्, जसमा कुनै सामाजिक सन्देश नभइ केवल उत्तेजना र मजाक मात्र पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP