Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया —लागूऔषध अफिमसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका-४ भन्सार चोकस्थितबाट बुधबार बिहान ११ बजे लागूऔषध अफिमसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो

पक्राउ पर्नेमा भारत जिल्ला लखिमपुर थाना तिकुनियाका ३६ वर्षीय गुरुपाल सिंह र भारत जिल्ला निगोरी साजानपुरका २८ वर्षीय अमृत पाल सिंह रहेका छन् ।

शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनाको साथबाट ३ ग्राम ३ सय मिलिग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप लिई इलाका प्रहरी कार्यालय राजापुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP