Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया —लागूऔषध अफिमसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका-४ भन्सार चोकस्थितबाट बुधबार बिहान ११ बजे लागूऔषध अफिमसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो

पक्राउ पर्नेमा भारत जिल्ला लखिमपुर थाना तिकुनियाका ३६ वर्षीय गुरुपाल सिंह र भारत जिल्ला निगोरी साजानपुरका २८ वर्षीय अमृत पाल सिंह रहेका छन् ।

शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनाको साथबाट ३ ग्राम ३ सय मिलिग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप लिई इलाका प्रहरी कार्यालय राजापुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP