ए टिभी न्युज नेपाल / अफजल खान

दाङ-लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र लैङ्गिक समानता लगायतका सामाजिक क्षेत्रमा भिएसओ नेपालसँग सहकार्य गर्ने भएको छ ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयमा सम्पन्न छलफलमा शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, विद्यार्थीहरूको नियमित पठनपाठन र सिकाइ उपलब्धिका विषयमा व्यापक चर्चा गरिएको थियो ।   

भिएसओ नेपालका नेपाल निर्देशक जय शंकर लाल, मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा लुम्बिनी प्रदेशमा समेत भिएसओसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने सहमति जुटेको हो । मन्त्री तिमिल्सिनाले सामाजिक क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको र साझेदार संस्थासँगको सहकार्यलाई प्राथमिकतामा राखिएको बताउनु भयाे ।         

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP