Trend
शुक्रबार , माघ ३, २०८२

बर्दियामा एउटा नाबालिक माथि भएको बालात्कार मुद्दामा एक युवकलाई १८ वर्षको कैद फैसला भएको छ ।

 

जिल्ला न्यायाधीश डल्लुराम  चौधरीको  इजलासले  बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय,  ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको हो।

अदालतकी सूचना अधिकारी  अमृता केसीले १३ वर्ष २ महिना ६ दिनकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा थारुलाई दोषी ठहर गर्दै उक्त सजाय भएको बताइन।

थारुले २०८० फागुन १८ गते नाबालिकमाथि बलात्कार गरेको अभियोग थियो।

पीडितले फागुन २० गते जिल्ला प्रहरी कर्यालय बर्दियामा किटानी जोहरी दिएपछि सोही दिन थारु पक्राउ परेका थिए । यो बीचमा उनी पूर्पक्षका लागि थुनामा पठाइएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP