Trend
आइतबार , भाद्र २८, २०८३

ताजिया जुलुसमा बालबालिका, युवा तथा वृद्धहरू सबैको सहभागीता थियो

अफजल खान/बर्दिया, असार २२ । मुस्लिम समुदायले प्रत्येक वर्ष विशेष श्रद्धा र भक्तिपूर्वक मनाउने मोहर्रम पर्व अन्तर्गत ताजिया जुलुस आज विशेष कार्यक्रमसहित सेलाएर सम्पन्न गरिएको छ। 

गुलरिया लगायत बर्दियाका विभिन्न स्थानहरूमा मुस्लिम समुदायका व्यक्तिहरूले ताजिया निकाल्दै हुसैनको सम्झनामा ताजिया जूलूस निकालेका थिए। ताजिया जुलुसमा बालबालिका, युवा तथा वृद्धहरू सबै सहभागी थिए।   

यो पर्व इस्लाम धर्मका प्रमुख पात्र हजरत इमाम हुसैनको बलिदान(सहादत) सम्झना स्वरूप मनाइन्छ। करबला मैदानमा सत्य, धर्म र न्यायको पक्षमा उभिएका इमाम हुसैन र उनका अनुयायीहरूको शहादतको सम्झनामा यो पर्व मनाइने गरिन्छ।

ताजिया कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र सुरक्षाको पूर्ण व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। स्थानीय तह, प्रहरी प्रशासन र स्वयंसेवकहरूको सक्रिय सहभागितामा जुलुस शान्तिपूर्वक सम्पन्न भएको हो।

मोहर्रमको अवसरमा शुभकामना आदानप्रदानसँगै मुस्लिम समुदायले आत्मशुद्धि र शान्तिको कामना गर्दै प्रार्थना पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP