Trend
बुधबार , फागुण २०, २०८२

“शैली र समय हैन, मुद्दा बोल्नुपर्छ। पत्रकारिता सत्यका लागि हो, सत्ताका लागि होइन।”

अफजल खान / बर्दिया – संचारकर्मी दिवाकर शाहमाथि भएको दुर्व्यवहारप्रति संचार क्षेत्रमै तीव्र आलोचना शुरु भएको छ। शाहले पेशागत धर्म अनुसार गरेका रिपोर्टिङको शैली र समयको आधारमा आलोचना हुनेक्रम बढिरहँदा, उनी उठाएका मूल मुद्दालाई भने धेरैले बेवास्ता गरिरहेको देखिन्छ।

एक पत्रकारले तथ्यमा आधारित समाचार सार्वजनिक गर्दा अर्को पत्रकार नै शैली र समयमाथि प्रश्न उठाउनु दुःखद पक्ष हो। पत्रकारिता पेशाको मूल धर्म सत्य खोज्नु र जनतालाई सुसूचित गर्नु हो। शैली फरक हुन सक्छ, परिस्थिति फरक हुन सक्छ – तर उठाइएको मुद्दा सहि छ कि गलत भन्ने कुरामा नै केन्द्रित हुन आवश्यक छ। तर दुर्भाग्यवश, दिवाकर शाहले उठाएका महत्वपूर्ण प्रश्नहरूलाई ओझेलमा पार्दै व्यक्तिको शैली र अभिव्यक्तिमाथि आक्रमण हुनु आपत्तिजनक छ।

शैलीको बहानामा सत्यतथ्य ढाकछोप गर्ने, अरूलाई खुसी पार्न रिपोर्टिङको घाँटी निमोठ्ने प्रवृत्तिले पत्रकारिताको मूल्य र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ। पत्रकार बिरुद्ध पत्रकार हुने संस्कृति पत्रकारिताको मौलिक मूल्य विपरित हो।

अबको आवश्यकता भनेको – उठाइएको विषयको सत्यतथ्य छानबिन होस्, अन्यायमा परेका आवाजलाई समर्थन गरियोस् र संचारकर्मीहरूबीचको एकता सुदृढ गरियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP