Trend
आइतबार , मंग्सिर २२, २०८२

ज्ञानेन्द्र पोख्रेल / बर्दिया— एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दिया, जिल्ला प्रशासन कार्यालय बर्दिया तथा बढैयाताल गाउँपालिकाको पशु सेवा शाखाको संयुक्त अनुगमन टोलीले आज बढैयाताल गाउँपालिकाभित्र सञ्चालित मासु पसल तथा दुग्ध डेरीहरूमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नभएको, सरसफाइमा ध्यान नदिएको र मापदण्डअनुसारको संरचना नबनाई सञ्चालन गरिएको पाइएको छ। यस्ता कमजोरीहरूलाई मध्यनजर गर्दै सम्बन्धित व्यवसायीहरूलाई निश्चित समयावधिभित्र दर्ता गर्ने, सरसफाइमा सुधार ल्याउने र संरचना मापदण्डअनुसार बनाउने सुझाव दिइएको छ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका कर्मचारी अनिल शर्माका अनुसार समयमै सुधार नगरेमा आवश्यक कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

संयुक्त टोलीद्वारा गरिएको यो अनुगमनले स्थानीय उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै खाद्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

एक करोडभन्दा बढी नाफा कमाउँदै मैनापोखर साना किसान सहकारी संस्था

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

खैरीकी पार्वती थारूको फूल खेतीमा सफलता गुलरियाको महिला आत्मा निर्भर बन्ने उदाहण

धुवाँरहित गाँउ अभियान कार्यक्रम सञ्चालन बारे अभिमुखिकरण बैठक सम्पन्न

मैनापोखरमा नागरिक र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP