Trend
आइतबार , भाद्र २८, २०८३

अफजल खान /कास्की — मनसुन सक्रिय भएसँगै कास्की जिल्लाका चारवटा गाउँमा सम्भावित प्राकृतिक जोखिम न्यूनीकरण गर्नका लागि राति सवारी आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बाढी तथा पहिरोका कारण यात्रु तथा सवारी साधनमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै बुधबारदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधनको राति आवतजावतमा कडाइ गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उच्च जोखिमयुक्त क्षेत्रका रुपमा चिनिएका गाउँहरूमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

प्रशासन कार्यालयका अनुसार उक्त आदेश आगामी १५ दिनसम्म लागू हुनेछ भने आवश्यकताअनुसार थप अवधि पनि बढाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP