आफजल खान

बर्दिया, असार २७ / लागू औषधसहित गुलरियाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ खैरापुरका २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन्।

दुवै जना भारतबाट नेपालतर्फ शंकास्पद रूपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा लुकाई छिपाई राखिएको १ सय ६० मिलिग्राम खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

बर्दियामा शेयर बजार सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न ।

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय


TOP