Trend
आइतबार , भाद्र २८, २०८३

 

२९ असार, कर्णाली । सुर्खेतमा पछिल्लो दुई महिनामा ७ किलो लागुऔषध बरामद भएको छ । लागुऔषधसहित ४४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

‘यो दुई महिनाको अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका साथै ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी शाहीले बताए, ‘पक्राउ पर्नेमा पाँच महिला र ३९ पुरुष छन् ।’

उनका अनुसार दुई महिनाको अवधिमा ब्राउन सुगर ३५ ग्राम ३४० मिलीग्राम, चरेस १७ ग्राम ३६० मिलीग्राम, अफिम पाँच किलोग्राम ५४० ग्राम, गाँजा दुई सय ४० ग्राम र तीन सय ६२ वटा टयाब्लेट विभिन्न लागुऔषध बरामद गरिएको छ ।

अपराधका अन्य घटनामा पनि प्रहरीले कडाइ गरेको र यसक्रममा जुवातास खेल्ने २१ जना पक्राउ परेको एसपी शाहीले बताए । सामाजिक सदाचार तथा वेश्यावृत्ति कसुरमा तीन होटल सञ्चालक, १२ पुरुष, १२ महिला तथा एक जना एचआइभी सङ्क्रमित महिला पक्राउ परेको पनि उनले जानकारी दिए ।सभारअन्लाईनखबर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP