Trend
बिहिबार , माघ २, २०८२

आफजल खान

बर्दिया, असार  २९ / गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ जिल्ला समन्वय समिति कार्यालय नजिक भित्री सडकखण्डमा मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा मिहिपुरवाका एक जनाको आइतबार दिउँसो मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो । सिंह ट्याक्टर बनाएर फर्किँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ ।

सुहेलवादेखि राधाकृष्ण चोकतर्फ जाँदै गर्दा सिंहले चलाएको भारतीय नम्बरप्लेटको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो । घाइते सिंहलाई उपचारका लागि तत्काल बर्दिया अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चिकित्सकले सिंहलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुरडमरपालले जानकारी दिए । प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठिया स्थित पन्जाब डिजल वर्कसपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP