Trend
बुधबार , फागुण २०, २०८२

आफजल खान

बर्दिया, असार  २९ / गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ जिल्ला समन्वय समिति कार्यालय नजिक भित्री सडकखण्डमा मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा मिहिपुरवाका एक जनाको आइतबार दिउँसो मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो । सिंह ट्याक्टर बनाएर फर्किँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ ।

सुहेलवादेखि राधाकृष्ण चोकतर्फ जाँदै गर्दा सिंहले चलाएको भारतीय नम्बरप्लेटको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो । घाइते सिंहलाई उपचारका लागि तत्काल बर्दिया अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चिकित्सकले सिंहलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुरडमरपालले जानकारी दिए । प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठिया स्थित पन्जाब डिजल वर्कसपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP