गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति कार्यालय नजिक भित्री सडकखण्डमा मोटरसाईकल विद्युत पोलमा ठोक्किँदा भएको दुर्घटनामा भारतका एक नागरिकको मृत्यु भएको छ ।
आज दिउसो भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादु डमरपालले जानकारी दिए । सिंह ट्याक्टर बनाएर फर्किँदै गर्दा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डमरपालले बताए ।
दुर्घटनामा घाइते सिंहलाई उपचारका लागि तत्काल बर्दिया जिल्ला अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा दिउँसो करिब ३ बजे चिकित्सकले सिंहलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक डमरपालले जानकारी दिए । प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठिया स्थित पन्जाब डिजल वर्कसपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP