Trend
बुधबार , फागुण २०, २०८२

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो

उनीहरूले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ । त्यसपछि अख्तियारको टोली स्टिङ अप्रेसनका लागि भक्तपुर मालपोत पुगेको थियो ।

आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि उक्त घुस रकम लिएको खुलेको छ । उनीहरूलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत परिसरबाटै घुस लिएको रकमसहित समातेको हो ।

उक्त घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको हो । कार्यालय प्रमुख आचार्य पक्राउ परेको पुष्टि अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले खबरहबलाई गरेका छन् ।‘कार्यालय प्रमुख आचार्य र सहयोगी पक्राउ परेका छन् । यसमा घुस लिनेहरू अन्य पनि थपिन सक्छन्’, उनले भने, ‘अख्तियारको टोलीले मुचुल्का उठाइरहेको छ । अन्य थप विवरण पक्राउ परेकाहरूलाई कार्यालयमा ल्याएसँगै थाहा हुनेछ।’सभारखबरहब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP