स्वास्थ्य सेवाको पहुँच वृद्धि बारबर्दिया नगरपालिकाको प्राथमिकता रहेको बताउँदै यो उपलब्धिलाई जनताको निरन्तरको सहयोग र सामूहिक प्रयासको परिणामका रूपमा रहेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए ।
कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सिताराम योगी, वडा सदस्य, स्वास्थ्यकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटनसँगै अब पदनाहास्थित स्वास्थ्य चौकीमार्फत आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा थप सहजता र गति आउने अपेक्षा गरिएको छ ।