Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया, साउन १/ अदालतले एक वर्षमा १ हजार ७ सय १७ मुद्दा फर्स्योट गरेको छ । अदालतले आर्थिक वर्ष ०८१/०८२ मा १ हजार ७ सय १७ मुद्दा फर्स्योट गरेको हो। अदालतले लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट गरेको छ।

आव ०८१/०८२ मा १ हजार ५ सय ३६ मुद्दा फर्स्योट गर्ने अदालतको वार्षिक लक्ष्य रहेको थियो । जसमा अदालतले वार्षिक लक्ष्यभन्दा १ सय ८१ बढी मुद्दा फर्स्योट गरेको छ ।

अघिल्लो आर्थिक वर्षका ८ सय ३ मुद्दा यस वर्षमा जिम्मेवारी सरेर आएको अदालतका स्रेस्तेदार कपिल पौडेलले बताए । ‘नयाँ १ हजार ४ सय ५० मुद्दा दर्ता हुँदा २ हजार २ सय ५३ वास्तविक लगत पुगेको थियो,’ उनले भने, ‘जसमा १ हजार ७ सय १७ मुद्दा फर्स्योट भएको छ भने ५ सय ३६ मुद्दा फर्स्योट हुन बाँकी छ ।’

देवानी मुद्दातर्फ यस वर्ष ४ सय १३ सम्बन्धविच्छेदका मुद्दामध्ये ३ सय ५६ मुद्दा फर्स्योट भएको छ भने ५७ मुद्दा फर्स्योट हुन बाँकी छ । फौजदारी मुद्दातर्फ १ सय ४८ लागू औषधका मुद्दामध्ये १ सय ३५ मुद्दा फर्स्योट भएको छ भने १३ मुद्दा फर्स्योट हुन बाँकी छ । त्यसैगरी ४९ वटा जबरजस्ती करणीका मुद्दामध्ये ३२ मुद्दा फर्स्योट भएको छ भने १७ मुद्दा फर्स्योट हुन बाँकी रहेको अदालतमा रेकर्ड सुरक्षित छ ।

विविध मुद्दाका कसुरदारहरूबाट २ हजार ४ सय १० वर्ष ९ महिना १० दिन कैद लगत असुल हुनुपर्नेमा अदालतले १ हजार २७ वर्ष १ महिना २३ दिन कैद असुल गरेको छ भने १ हजार ३ सय ८३ वर्ष ७ महिना २४ दिन कैद असुलउपर हुन बाँकी छ ।

जरिवानातर्फको लगत १५ करोड ४१ लाख २१ हजार ५ सय ७ रुपैयाँ असुल हुनुपर्नेमा २ करोड ८४ लाख ५३ हजार ४ सय ९६ रुपैयाँ असुलउपर भएको छ भने १२ करोड ५६ लाख ६८ हजार ११ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको अदालतका तहसिलदार श्रीधर सुवेदीले बताए ।

अदालतको सिङ्गो टिमको अथक मिहिनेत र प्रयासले ७६ दशमलव २० प्रतिशत मुद्दा फर्स्योट सम्भव भएको न्यायाधीश मनोज श्रेष्ठले बताए ।

खुला सिमानाका कारण लागू औषध दुर्व्यसनी बढेको र बढी मुद्दा दर्ता भएको न्यायाधीश डल्लुराम चौधरीले बताए । लागू औषध न्यूनीकरणका लागि जनचेतनामूलक समाचार सम्प्रेषण गर्न न्यायाधीश चौधरीले आग्रहसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP