Trend
बिहिबार , माघ २, २०८२

अफजल खान

बर्दिया,साउन ५ /लागू औषधसहित तीन दिनमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–८ भादा स्थितबाट आइतबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अटो रिक्सामा सवार भई दुवै जना गुलरिया तर्फ आईरहेका थिए । गुलरिया नगरपालिका–९ टेपरीका ३० वर्षीय अवधेश यादव र ३२ वर्षीय विवेक गिरीसाथबाट प्रहरीले १ ग्राम २ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको छ ।

त्यसैगरि शनिबार बढैयाताल गाउँपालिका–२ फुटाह स्थित भारतबाट नेपाल तर्फ साइकलमा शंकास्पद रुपमा आइरहेका जिल्ला बाँके बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय गौरव थारुलाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको १ ग्राम ४ सय मिलिग्राम लागू औषध ब्राउन प्रहरीले फेला पारेको थियो ।

शुक्रबार गुलरिया नगरपालिका–७ स्थित लागू औषध बेचबिखन भईरहेको गोप्य सुचनाको आधारमा सोही वडाका ३१ वर्षीय अशोक कुमार यादवको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम र ४३ वर्षीय राम प्रसाद रैदासको साथबाट १ सय १० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP