Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया,साउन ५ /एक वर्षमा लागू औषधसहित २ सय १६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आर्थिक वर्ष ०८१/०८२ मा २ सय १६ जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

१ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम ब्राउन सुगरसहित १ सय ८४ जना, २ केजी १ सय ६ ग्राम ८ सय मिलिग्राम चरेशसहित ५ जना, २१ केजी ५ सय ७० ग्राम ३ सय मिलिग्राम अफिमसहित ४ जना, ५ केजी ८ सय ७१ ग्राम १ सय ८० मिलिग्राम गाँजासहित ६ जना, २६ पिस क्याप्सुलसहित ४, २ बोतल सिरपसहित १ र १ सय १८ लागू औषधका ट्याबलेटसहित १२ जनालाई एक वर्षमा प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

त्यसैगरि विभिन्न कसुरमा फरार रहेका २ सय ८० जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक केदार खनालले बताए । पक्राउ परेका प्रतिवादीहरुबाट २ सय १ वर्ष ९ महिना १६ दिन कैद सजाय र रु २ करोड ९ लाख २० हजार ५ सय ३९ जरिवाना असुल उपर गरिएको प्रहरी उपरीक्षक खनालले जनाए ।

एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ३ सय २५ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरि ९३ लाख ६७ हजार ५ सय १ राजस्व संकलन गरेको छ भने अबैध सामान ओसार पसारमा प्रयोग गरिएका सवारीसाधन नियन्त्रणमा लिई रु १ करोड ४९ लाख ६२ हजार ८७ राजस्व संकलन गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक खनालले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP