Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया,साउन ५ /एक वर्षमा लागू औषधसहित २ सय १६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आर्थिक वर्ष ०८१/०८२ मा २ सय १६ जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

१ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम ब्राउन सुगरसहित १ सय ८४ जना, २ केजी १ सय ६ ग्राम ८ सय मिलिग्राम चरेशसहित ५ जना, २१ केजी ५ सय ७० ग्राम ३ सय मिलिग्राम अफिमसहित ४ जना, ५ केजी ८ सय ७१ ग्राम १ सय ८० मिलिग्राम गाँजासहित ६ जना, २६ पिस क्याप्सुलसहित ४, २ बोतल सिरपसहित १ र १ सय १८ लागू औषधका ट्याबलेटसहित १२ जनालाई एक वर्षमा प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

त्यसैगरि विभिन्न कसुरमा फरार रहेका २ सय ८० जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक केदार खनालले बताए । पक्राउ परेका प्रतिवादीहरुबाट २ सय १ वर्ष ९ महिना १६ दिन कैद सजाय र रु २ करोड ९ लाख २० हजार ५ सय ३९ जरिवाना असुल उपर गरिएको प्रहरी उपरीक्षक खनालले जनाए ।

एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ३ सय २५ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरि ९३ लाख ६७ हजार ५ सय १ राजस्व संकलन गरेको छ भने अबैध सामान ओसार पसारमा प्रयोग गरिएका सवारीसाधन नियन्त्रणमा लिई रु १ करोड ४९ लाख ६२ हजार ८७ राजस्व संकलन गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक खनालले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP