Trend
बुधबार , कार्तिक २०, २०८२

साउन / ९ / चिल्ड्रेन नेपालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम समीक्षा तथा २०८२/८३ को कार्ययोजना प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव जयन्द्र भट्टराई, कोषाध्यक्ष कुलप्रसाद पौडेल, सदस्यद्वय सबिना आचार्य र मिना भण्डारीको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक डिल्लि प्रसाद शर्माले गर्नुभएको थियो। कार्यक्रममा चिल्ड्रेन नेपालका प्रत्येक शाखाले आर्थिक वर्ष २०८१/८२ मा गरेका गतिविधिहरूको समिक्षात्मक प्रस्तुति गर्नुका साथै नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य तथा योजनाहरू प्रस्तुत गरेका थिए।प्रस्तुति पश्चात अध्यक्ष शान्त पौडेल,महासचिव जयन्द्र भट्टराई, कोसाअध्यक्ष कुल प्रसाद पौडेलले सम्पूर्ण शाखालाई महत्वपूर्ण सुझावहरू प्रदान गर्नुका साथै आगामी कार्ययोजनामा थप प्रभावकारिता ल्याउने विषयमा सुझाव दिनु भएको थियो ।संस्थाका अध्यक्ष शान्त पौडेल र कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सम्पूर्ण कर्मचारीको मेहनत, समर्पण र योगदानको प्रशंसा गर्दै संस्था सञ्चालनमा कर्मचारी नै मुख्य आधार भएको स्पष्ट रूपमा व्यक्त गर्नुभएको थियो। उहाँले सबैलाई आगामी दिनहरूमा अझ उत्साहपूर्वक कार्य गर्न प्रेरणा प्रदान गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP