Trend
आइतबार , भाद्र २८, २०८३

साउन / ९ / चिल्ड्रेन नेपालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम समीक्षा तथा २०८२/८३ को कार्ययोजना प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव जयन्द्र भट्टराई, कोषाध्यक्ष कुलप्रसाद पौडेल, सदस्यद्वय सबिना आचार्य र मिना भण्डारीको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक डिल्लि प्रसाद शर्माले गर्नुभएको थियो। कार्यक्रममा चिल्ड्रेन नेपालका प्रत्येक शाखाले आर्थिक वर्ष २०८१/८२ मा गरेका गतिविधिहरूको समिक्षात्मक प्रस्तुति गर्नुका साथै नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य तथा योजनाहरू प्रस्तुत गरेका थिए।प्रस्तुति पश्चात अध्यक्ष शान्त पौडेल,महासचिव जयन्द्र भट्टराई, कोसाअध्यक्ष कुल प्रसाद पौडेलले सम्पूर्ण शाखालाई महत्वपूर्ण सुझावहरू प्रदान गर्नुका साथै आगामी कार्ययोजनामा थप प्रभावकारिता ल्याउने विषयमा सुझाव दिनु भएको थियो ।संस्थाका अध्यक्ष शान्त पौडेल र कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सम्पूर्ण कर्मचारीको मेहनत, समर्पण र योगदानको प्रशंसा गर्दै संस्था सञ्चालनमा कर्मचारी नै मुख्य आधार भएको स्पष्ट रूपमा व्यक्त गर्नुभएको थियो। उहाँले सबैलाई आगामी दिनहरूमा अझ उत्साहपूर्वक कार्य गर्न प्रेरणा प्रदान गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP