Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया,साउन १४/ एक वर्षमा सिमा नाकाबाट लागू औषधसहित ५५ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष ०८१/०८२ मा लागू औषधसहित ५५ जनालाई सशस्त्र प्रहरीले सिमा नाकाबाट पक्राउ गरि कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

आर्थिक वर्ष ०८१/०८२ मा ५१ ग्राम २ सय ६५ मिलिग्राम लागू औषध ब्राउन सुगरसहित ५० जना, २८ केजी ९ सय ३० ग्राम चरेशसहित ४ र १ ग्राम ५ सय मिलिग्राम गाँजा सहित एक जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण सुरजपुरले जनाएको छ ।

त्यसैगरि आर्थिक वर्ष ०८१/०८२ मा बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा ७ जना महिलालाई उद्दार गरि सो कार्यमा संलग्न रहेका ५ जना पुरुषलाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले बताए ।

एक वर्षमा २ करोड बढीको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरि सम्बन्धित निकायमा बुझाएको छ । आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला स्थित रहेको विभिन्न नाकाहरुबाट रु २ करोड बढीको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरि कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको हो ।

जिल्ला स्थित करिब ८३ किलोमिटर भारतीय सिमासंग खुल्ला सिमाना छ । आर्थिक वर्ष ०८१/०८२ मा जिल्लाको विभिन्न नाकाबाट मुल्य रु २ करोड १२ लाख ६ हजार ६ बराबरको अबैध सामान बरामद गरि कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण हेड क्वाटर सुरजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP