Trend
आइतबार , भाद्र २८, २०८३

अफजल खान

बर्दिया – गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित महाकवि स्कूल पछाडिको क्षेत्रदेखि सूरजपुरसम्म पछिल्लो समय बाघको आतङ्क बढ्दै गएको छ।

आज राति स्थानीय हनिफ अंसारीको दुईवटा खसी बाघले मारेको पुष्टि भएको छ। यस्तै, पछिल्ला दिनमा गाउँमा गाई, खसी, बाख्रालाई निशाना बनाउँदै आएको बाघले स्थानीयवासीमा भयको वातावरण सिर्जना गरेको छ।

स्थानीयवासीहरू भन्छन्, “पशु चौपायामात्र होइन, अब त बालबालिकामाथि आक्रमणको खतरा बढेको छ। सम्बन्धित निकायले बेलैमा नियन्त्रण नगरे खतरनाक अवस्था आउन सक्छ।”

उनीहरूले बाघ नियन्त्रणका लागि निकायहरूलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्। “जब मान्छे मर्छ तब मात्र सरकारले कदम चाल्छ भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” एक स्थानीय बासिन्दाले आक्रोश पोखे।

स्थानीयको माग छ कि बाघको गतिविधि तत्काल अनुगमन गरियोस् र आवश्यक परे पासो हालेर नियन्त्रणमा लिइयोस्।

यस सम्बन्धमा डिभिजन वन कार्यालय र राष्ट्रिय निकुञ्जसँग समन्वय गरी स्थलगत अनुगमन गर्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP