Trend
बिहिबार , माघ २, २०८२

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / गुलरिया नेपालगंज हुलाकी राजमार्ग को भोलागौडी मा अटो दुर्घटना भएको छ। पश्चिम बाट पूर्व जादै गरेको भे १ह ६४२९ नं को पेट्रोल अटो भोलागोडी पेट्रोल पम्प नजिक रहेको नालाको पुल डिभाईडर मा ठोक्किएर आज दिनको आदाजी ४ . ३० बजे दूर्घटना भएको हो।

अटो मा चालक सहित चार जना रहेका र चालक सहित सबै जना घाइते भएका थिए भने घाइते मध्ये एक जना अन्दाजी ४ वर्ष को बालिका गम्भीर घाइते रहेको र घाइते सबै लाई तत्कालै उद्धार गरी उपचारको लागि बाके सिटी अस्पताल खजुरा पठाईएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक राजेश साँहु तेली ले जानकारी दिएका छन भने अटो मा सबार चारै जना बाके नेपालगंज उपमहानगर पालिका वडा नं २० मनिकापुर बस्ने बर्ष ३७ का प्रशान्त विक को परिवारका परिवार का सदस्य रहेको जानकारी प्रहरी ले दिएको छ भने सबै घाईते भएको ले सबैको नाम खुल्न नसकेको हो। चालक प्रशान्त विक ले चलाएक अटो अत्याधिक गतिमा रहेको र चालकले नियन्त्रण गर्ने नसक्दा दुर्घटना भएको हुनसक्ने स्थानिय प्रत्यक्षदर्शी ले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP