बर्दिया / बर्दिया कारागारभित्र कैदीबन्दीबीच भएको झडपले जेल प्रशासनलाई सुरक्षा चुनौती थपिएको छ। बर्दिया कारागारभित्र भएको झडपमा संलग्न चारजना कैदीबन्दीमाथि कारागार ऐनअनुसार मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुरनडमरपालका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही थालिएको हो।

नियन्त्रणमा लिइएका चारैजना कैलाली जिल्लाका हुन् र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका डमरपालले जानकारी दिए। झडपका कारण नाइकेसहित कैदी तथा थुनुवा गरी १० जना घाइते भएका छन्।

कारागार प्रमुख मानबहादुर सारु बिदामा रहेको हुँदा घटनाको सम्पूर्ण विवरण बाहिर आइसकेको छैन। सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख रविकुमार थारुले आदेशबिना जानकारी दिन नमिल्ने बताए।

कारागारमा रहेका कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालसहित ४ जना कैदीबन्दीलाई अन्यत्र सारिएको साता नबित्दै उक्त घटना भएको हो । प्रहरीले नियन्त्रणमा लिएका सबै ढकाल निकटको भएको स्रोतको भनाइ छ । विगतमा चौकीदार, नाइके, सहनाइकेका लागि छुटै खाना टेबुलमा बसेर खाने गरेको विषयलाई लिएर कैदीबन्दीबीच विवाद भएको कारागार स्रोतले बतायो । चारदिनअघि नाइके, सहनाइके र चौकीदार चयन गरिएको थियो ।

बर्दिया कारागारमा हाल ४२५ जना कैदीबन्दी छन्। त्यसमध्ये पुरुष ३७७, महिला २८ र थुनुवा २० जना रहेका छन्। पुरुषका लागि कारागारको क्षमता १२५ मात्र हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP