Trend
बिहिबार , माघ २, २०८२
बर्दिया, साउन २० / बबई नदीमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । गुलरिया नगरपालिका–५ बालापुर स्थित बबई नदीमा फसेका दुई जनालाई मंगलबार साँझ सशस्त्र प्रहरीले उद्दार गरेको हो ।
गुलरिया नगरपालिका–५ बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारुलाई  सकुशल उद्दार गरि आफन्तको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मान बहादुर शाहीले बताए ।
गाई भैंसी चराउन गएका दुई जना बबई नदीमा फसेका खबर पाए लगत्तै उद्दारको लागि १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको गणपति शाहीले जनाए ।
बबई नदीको चेपाङ जलमापन केन्द्रका अनुसार मंगलबार दिउँसोबाट पानीको सतह घट्दो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP