बर्दिया,साउन २०/गोहीको आक्रमणमा परी मधुवनका एक युवक बेपत्ता भएका छन् । मधुवन नगरपालिका–१ का १९ वर्षीय रुप मिलन थारुलाई मंगलबार साँझ गोहीले बेपत्ता बनाएको हो ।
ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक रहेको खौराह खोलामा साथीहरुसंग पौडी खेल्न गएको बेला गोहीले आक्रमण गरि युवकलाई बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विश्व बाबु श्रेष्ठले बताए ।
हात्ती र मोटर बोट प्रयोग गरि निकुञ्ज कर्मचारी, नेपाली सेना र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भईरहेको जनाईएको छ।






