Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया / अविरल बर्षा पछि बबई नदीमा आएको बाढिमा दाउरा निकाल्न नजान गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले अनुरोध गरेका छन ।चेपाङमा बबई नदिमा पानिको सतह मापन गरिएको छ जनु चेतावनी स्तर नाघेको देखिन्छ । पानीको सतह अझै बढ्न सक्ने उल्लेख गर्दै नदिको छेउछाउ बस्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रहका साथ स्थानीयलाई दाउराको लोभमा ज्यान जान सक्ने हुदा नदिमा दाउरा निकाल्न नजान हुन नगरप्रमुख यादवले भने । बिगतका बर्षहरुमा समेत बाढिको समयमा दाउराको लोभमा नदिमा दाउरा निकाल्न जादा जिल्लामा मानविय क्षति समेत भएको घटनाहरु समेत रहेकाले यस्ता किसिमका मानविय क्षति नहोस भन्नका लागि नदिमा दाउरा निकाल्न नजान हुन सम्पुर्ण गुलरिया बासीलाई नगरप्रमुख यादवले अनुरोध गरेका छन ।

चेपाङको बबई नदिमा राखिएको गेज रिडरमा बिहानै देखि नै पानीको सतह पहिलो चेतावनीको स्तर नाघिसकेको र अहिले साझ पनि पानीको बहाव बिहानको भन्दा केहि कम रहेता पनि अहिले पनि बहाव चेतावनी स्तर माथी नै रहेकोले उच्च सतर्कता अपनाउन समेत नगरप्रमुख यादवले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP