Trend
शनिबार , भाद्र २७, २०८३

अफजल खान

बर्दिया – “सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै, नेपाल प्रहरी न केवल आपत् विपत्को बेलामा, तर दैनिक राष्ट्रसेवामा पनि अग्रसर रहेको प्रमाणस्वरूप एक उदाहरणीय सामाजिक कार्य सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजनामा जिल्ला अस्पताल बर्दियामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रहरीका जवान, संघका सदस्यहरू तथा स्थानीय स्वयंसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रममा “रगतको अभावमा कसैको ज्यान जान नपरोस्” भन्ने मूल उद्देश्यसहित समाजमा सकारात्मक सन्देश दिन खोजिएको आयोजकको भनाइ छ।

नेपाल प्रहरीका मानवीय कार्यहरू सदैव प्रेरणादायी रहेकाले यसप्रकारका सामाजिक सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको छ।

कार्यक्रमको सफल आयोजनामा सहकार्य गर्ने सम्पूर्णमा आयोजक संस्थाले आभार प्रकट गरेको छ।गुलरिया नगर इन्चार्ज नेपाल स्वयंसेवी रक्तदान समाज बर्दिया जिल्ला सदस्य महेमुद सिद्दीकीले जानकारी गराउनुभयो। उक्त कार्यक्रममा बर्दिया जिल्ला अस्पतालका सूचना अधिकारी मोबिन बोहरा लगायत बुद्धिजीवी समाजसेवीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP