बर्दिया जिल्लामा स्क्रबटाइफस संक्रमण तीव्र रूपमा फैलिन थालेको छ, जसको प्रभाव अहिले नवजात शिशुहरूमा समेत देखिन थालेको छ।जिल्ला अस्पताल अनुसार बर्दियामा नवजात शिशुमा स्क्रबटाइफस संक्रमणका लक्षण देखाएर उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.१ की कल्पना चौधरीको नवजात शिशुलाई अचानक हनहनी ज्वरो आयो, दिपापिसाव गर्दा पनि रुन थाल्यो । तत्काल कल्पनाले सदरमुकाम गुलरिया स्थित बर्दिया अस्पतालमा पुर्याएन् । लक्षण चिन्हका आधारमा परीक्षण गर्दा स्क्रबटाइफस पुष्टि भयो । कल्पनाको नवजात शिशुमात्र होइन् बर्दिया अस्पतालमा असारयता स्क्रबटाइफसका १३ जना नवजात शिशुको उपचार भएको छ । यसबाहेक वयस्कमा पनि संक्रमण बढेको छ

एक महिने शिशुलाई निरन्तर ज्वरो आउने, पेट फुल्ने, जिउ दुख्नेलगायतका लक्षण देखिएपछि उपचारका लागि अभिभावकले गुलरिया अस्पताल ल्याउने गरेका छन् । परीक्षण गर्दा यस्ता नवजात शिशुमा स्क्रबटाइफस भएको पुष्टि हुने गरेको छ । गुलरिया अस्पतालमा १३ जना नवजात शिशुको स्क्रबटाइफसको उपचार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा.विश्वनाथप्रसाद साहले बताए ।

बर्दिया अस्पतालमा उपचारका लागि स्क्रबटाइफसको संक्रमण पुष्टि भएका पुरूष र महिलाको संख्यासमेत बढ्दै गएको छ । एक सातायता ७४ जनाको रगत परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको बर्दिया अस्पतालले जनाएको छ

बर्दिया अस्पतालमा दैनिक उपचारका लागि बहिरंग सेवाका लागि आउनको संख्या ३ सय भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने यस रोगका मुख्य लक्षण हुन् ।

पराल, झारपात, वनजंगलमा पाइने भुसुना किराको कारणले गर्दा स्क्रबटाइपस लाग्ने गर्छ । भुसनाले टोकेको एकदुई दिनपछि बिरामीमा लक्षण देखिन थाल्छन् । नवजात शिशुमा स्क्रबटाइफस लाग्नुको मुख्य कारण सरसफाइ नहुनु नै रहेको चिकित्सकले अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया स्थित बबई नदीमा फसेका दुई जनाको सकुशल उद्दार

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी


TOP