Trend
आइतबार , भाद्र २८, २०८३

 

बर्दिया, २८ साउन ।
बर्दियामा रासायनिक मलको चरम अभाव भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति बर्दियाले आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।
विरोध सभामा पार्टीका कार्यकर्ताहरुले कृषि मन्त्रीको तत्काल राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। जसपानेपालले किसानको पीडा बेवास्ता गरेको भन्दै सरकारको कृषि नीतिको कडा आलोचना सहितको नाराबाजी गरेक थिए।

कार्यक्रमपछि जसपा जिल्ला समितिले जिल्ला प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै बर्खे धानको महत्वपूर्ण समयमा मल आपूर्ति नगरेको कारण किसानको भविष्य संकटमा परेको उल्लेख गर्‍यो। ज्ञापनपत्रमा तत्काल मल आपूर्ति गर्ने, किसानलाई राहत उपलब्ध गराउने र जिम्मेवार मन्त्रीलाई पदबाट हटाउने माग गरेका छ्न।

विरोध कार्यक्रममा जसपानेपाल जिल्ला अध्यक्ष कृष्ण यादव लगायत  पदाधिकारी, कार्यकर्ता तथा स्थानीय किसानहरुको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP