Trend
बुधबार , कार्तिक २०, २०८२

अफजल खान

बर्दिया,साउन २९
लागू औषध ब्राउन सुगरसहित गुलरियाका तीन र मधुवन नगरपालिकाका एक जना गरि चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषधसहित चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।                                                       बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थितबाट गुलरिया नगरपालिका–४ का २९ वर्षीय धर्म बहादुर परियार र २८ वर्षीय जिवन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको ६ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै गुलरिया नगरपालिका–११ लालपुर स्थितबाट वडा नंम्बर ४ तुलापुरका २४ वर्षीय सन्तोष गोडियालाई प्रहरीले पक्राउ गरेको छ । गोडिया गणेशपुर देखि गुलरिया तर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ ग्राम २ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जनाईएको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट मधुवन नगरपालिका–३ का २३ वर्षीय राज कुमार परियारको साथबाट १ ग्राम २ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई बुधबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP