Trend
बुधबार , कार्तिक २०, २०८२

 

शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि एक सय मिटर उखुबारीमा घिसार्दै पुर्‍याएको थियो ।

 

बर्दिया, साउन ३१ / चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१२ भैंसाहीकी अन्दाजी ४५ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । शव खाएको छेदबिछेद अवस्थामा शनिबार बिहान शव फेला परेको छ ।

शनिबार बिहान उखुबारीमा घाँस काट्न गएको स्थानीयहरुले महिलाको शव देखेपछि गाउँमा अन्य व्यक्तिहरुलाई खबर गरेका थिए ।

शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि एक सय मिटर उखुबारीमा घिसार्दै पुर्‍याएको थियो ।

प्रहरीले मुचुल्का गरेर शव उठाएर पोष्टमार्टमको लागि बर्दिया अस्पताल लगेको डिभिजन वन कार्यालयका वरिष्ठ फरेष्टर कृष्ण घिमिरेले बताए । यस्तै गाउँको वरिपरि दिनहुँ देखिने चितुवाले कुकुर खाएर सिध्याएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP