Trend
बुधबार , कार्तिक २०, २०८२

अफजल खान

बर्दिया — पछिल्लो समयमा बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति समेत बढ्दै  गएको छ।पटक–पटक वन्यजन्तुले गाउँ छिर्ने, खेतबारीमा आक्रमण गर्ने र घरपालुवा पशु मार्ने घटनाले स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्।

स्थानीयले वन्यजन्तुको डरले राति निदाउनसमेत नसक्ने अवस्था रहेको बताएका छन्।  वन्यजन्तुले मानवीय बस्तीमा पसेर आक्रमण गर्ने घटनामा वृद्धि भएको छ। यसले दैनिक जनजीवन मात्र नभई कृषिजन्य उत्पादनमा समेत ठूलो असर पारेको छ।

यता, सम्बन्धित निकाय भने मौन देखिएको स्थानीयवासीको गुनासो छ। समस्या समाधानका लागि बारम्बार माग भए पनि प्रभावकारी कदम नचालिएको भन्दै उनीहरूले असन्तोष जनाएका छन्।

स्थानीयले पटक–पटक सम्बन्धित निकायमा दबाब दिएको भए पनि ठोस पहल नभएको गुनासो गर्दै आएका छन्। संरक्षण र नियन्त्रण दुवै मोर्चामा योजना नआउँदा समस्या झन् चर्किंदै गएको उनीहरूको भनाइ छ।

वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति समेत बढ्दै गएको छ। तर, अझै पनि तत्कालीन राहत, क्षतिपूर्ति वितरणमा ढिलासुस्ती र दीर्घकालीन समाधान नआएको स्थानीयले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP