Trend
शनिबार , भाद्र २७, २०८३

गुलरिया नगरपालिका-११ गणेशपुरमा जसपा नेपाल द्वारा  विरोध प्रदर्शन।

  • अदालतको उक्त आदेशसँगै जसपा नेपालका समर्थकहरूले विभिन्न जिल्लामा आपत्ति जनाउँदै विरोध कार्यक्रम गर्दै आएका छन्।

बर्दिया । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर हत्याकाण्ड प्रकरणमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरमा विरोध प्रदर्शन गरेका छ्न।

गुलरिया नगरपालिका–११ गणेशपुरमा आज साँझ जसपा नेपाल पार्टीका नेता तथा कार्यकर्ताले सडकमा उत्रिएर आक्रोश पोखेका हुन्। उनीहरूले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेशलाई पूर्वाग्रही र राजनीतिक षड्यन्त्रको उपज भन्दै नारा जुलुससमेत गरेका थिए ।

यसअघि सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा अध्यक्ष यादवविरुद्ध छानबिन अघि बढाउन परमादेश जारी गरेको थियो। अदालतको उक्त आदेशसँगै जसपा नेपालका समर्थकहरूले विभिन्न जिल्लामा आपत्ति जनाउँदै विरोध कार्यक्रम गर्दै आएका छन्।

स्थानीय नेताहरूले न्यायालयले राजनीतिक विषयलाई मुद्दा बनाएर प्रहार गरेको दाबी गर्दै निरन्तर आन्दोलनको चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP