Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया, भदौ ४/लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ठाउँबाट लागू औषधसहित चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–८ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गुलरिया नगरपालिका–७ गुलरिया गाउँका २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिका–८ स्थितबाट गुलरिया नगरपालिका–११ का २५ वर्षीय रुपेश खटिकलाई ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ र गुलरिया नगरपालिका–९ डब्बा गाउँबाट गुलरिया नगरपालिका–१० प्रयागपुरका ४३ वर्षीय सुरेश लोधलाई २ सय मिलिग्राम लागू औषध जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिई मंगलबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP