ज्ञानेन्द्र पोख्रेल
बर्दिया / भदौ ७ / जिवनका लागि योग स्वास्थ्य का लागि योग भन्ने नाराका साथ बढैयाताल गाउँपालिका योग समितिको आयोजनामा योग साधना तथा तिज मिलन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
बढैयाताल गाऊ पालिका वडा नं ५ को बढैयाताल क्षेत्रमा भएको तिज मिलन कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरु लगायत योग साधक साधिकाहरुले योग अभ्यासका कार्यक्रमका साथै तिज पर्वको शुभकामना आदान प्रदान गरेका थिए भने विगत २०८० साल देखि बढैयाताल गाउपालिकामा योग साधना कार्यक्रम शुरू गरिएकोमा अहिले बढैयाताल का ५ वटा योग साधना केन्द्र वाट योग अभ्यास कार्यक्रम नियमित रूपमा भै रहेको जानकारी गराईएको थियो।
बढैयाताल गाउपालिका भित्र योगको अवस्था र योग साधना ले समाजमा पारेको सकारात्मक प्रभाववारे बढैयाताल गाऊपालिका योगा समितिका अध्यक्ष विष्णु पौडेलले प्रतिवेदन मार्फत जानकारी गराउनु भएको थियो।
प्रस्तुत गर्नु भएको प्रतिवेदनमा सुरुवाती चरण मा १५ जना वाट शुरू भएको योग साधना कार्यक्रम मा अहिले सम्म बढैयातालका ५ स्थानमा करिब ३०० जना योग साधक साधनाहरु दैनिक सहभागी हुने गरेको जानकारी गराईएको थियो भने नियमित योग कार्यक्रमा सहभागी मध्येका वडा नं ४ बाट लल्लुराम थारू वडा नं ५ वाट रमेश लम्साल वडा नं ३ वाट भगवती लामिछाने वडा नं ७ का गोविन्द ढुङ्गाना वडा नं ६ का टंक प्रसाद भटराई वडा नं ३ का कृष्ण पौडेल लगायतले नियमित योग अभ्यास ले आफुहरु लाई धेरै फाइदा पुगेको र कतिपय रोगहरु समेत निको भएकोले सबै लाई नियमित योग ध्यान मा लाग्न अनुरोध समेत गरेका थिए ।
भने आजको योग अभ्यास तथा तिज मिलन कार्यक्रम बढैयाताल योग सामितिका अध्यक्ष विष्णु पौडेलको सभापतित्व मा भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी , बर्दिया जिल्ला योग समिति का अध्यक्ष कृष्ण चौधरी, वडा नं ५ का अध्यक्ष तुलाराम थारू ,जिल्ला योग समितिका महामन्त्री यदुनन्दन भण्डारी , बदिया जिल्ला योग समितिका पूर्व अध्यक्ष , गुलरिया नगर योग सामितिका सचिव , पालिका स्तरिय योग साधना केन्द्र का योग गुरुहरु, योग साधक साधिका लगायत को उपस्थिती रहेको थियो भने यस तिजको शुभकामना आदानप्रदान कार्यक्रम मा शुभकामना आफ्नो मन्तव्य राख्दै बढैयाताल गाऊपालिका अध्यक्ष हिमालयले बढैयाताल गाऊ पालिकामा योग अभ्यास कार्यक्रम ले धेरै जना का धेरै रोग हरु निको भएका र आफु पनि नियमित योगा कार्यक्रम मा नियमित सहभागी हुने गरेकोले सबै बढैयाताल बासी हरु लाई नियमित योग ध्यान मा लाग्न आग्रह गर्नु भयो भने नियमित योग का कारण आफूले पनि धेरै रोग को औषधी खान छोडेको समेत वताएका थिए ।
भने यस कार्यक्रम मा बढैयाताल गाऊपालिका भित्र नियमित योग शिविर सञ्चालन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्न ६ जना व्यक्तित्व हरु लाई सम्मान समेत गरिएको थियो साथै यस कार्यक्रम मा तिजको दर खाने कार्यक्रम र तिजका गितहरु मा सहभागी सबै नाचगान समेत गरेका थिए । साथै यस कार्यक्रम को सम्पूर्ण खर्च स्थानिय बासीहरुले सौजन्य गरेकाे जानकारी कार्यक्रम सञ्चालन तथा योग सह प्रशिक्षक रमेश पौडेल गराएका थिए ।






