Trend
बुधबार , कार्तिक २०, २०८२

अफजल खान

रौतहट : रौतहटको गौर नगरपालिका ९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक छाडिएको एक बेवारिसे सुटकेश भित्र महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख,प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP